कोरोना भाइरसको भ्याक्सिन अर्को महिनादेखि परिक्षणमा



एजेन्सी,फागुन-२४।कोरोना भाइरसको भ्याक्सिन अर्को महिनादेखि परिक्षणमा ल्याउने चिनियाँ वैज्ञानिकहरुले जनाएका छन।उनीहरुले भाइरसविरुद्धको खोपसम्बन्धी अन्तिम अनुसन्धान भैरहेको दावी गरेका छन।

चीनको प्राविधिक विकास तथा अनुसन्धान केन्द्रका निर्देशक झेइङ झुइङ्गले अप्रिल महिनादेखि कोरोनाविरुद्धको खोप चिकित्सकीय र आपतकालीन प्रयोगमा ल्याउन सकिने जानकारी दिएको सिसिटिभीले जनाएको छ।झण्डै १ लाख प्रभावित यस भाइरसको खोप विभिन्न पाँच विधिबाट भैरहेको र जनावरमा प्रयोग गरेसगै मानव प्रयोगमा ल्याइने श्रोतको दावी छ।

यता चिनियाँ राष्ट्रिय स्वास्थ्य विभागले समेत आउँदो महिनादेखि कोरोनाविरुद्धको पहिलो भ्याक्सिन प्रयोगमा आउने विश्वास व्यक्त गरेको छ ।

चीनले आफ्नो नागरिकमा यस रोगको  संक्रमण फैलिएपछि धेरै कम्पनीमध्येबाट आठवटा कम्पनीलाई एकैसाथ पाँच फरकफरक विधिबाट भ्याक्सिन बनाउन स्वीकृति समेत दिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्