स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज चीनको ग्वाङजाओ उड्यो



काठमाडौँ ,चैत-२०।छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट स्वास्थ्य  सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ उडेको छ । कोरोनाभाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ तर्फ उडेको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विहान ११ः३० मा उडान भरेको सो जहाज ग्वाङजाओ पुगेर आजै राति स्वास्थ्य सामग्रीसहित काठमाडौँ फर्कने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।

यसअघि बुधबार अष्ट्रेलियन र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुदैँ अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको निगमको अर्को वाइड बडी जहाज पनि आजै राति फर्कने उडान तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्