नेपालमा कोरोना भाइरस संक्रमित छैठौं व्यक्ति फेला



काठमाडौं,चैत-२०। नेपालमा कोरोना भाइरसको संक्रमित छैठौं व्यक्ति फेला परेका छन् ।

गत चैत ४ गते दोहाबाट काठमाडौं आएको कतार एयरमै आएका अर्का व्यक्ति छैटौं ब्यक्ति  भएको स्वास्थ्य मन्त्रालयले  जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार टेकु अस्पतालमा गरिएको परीक्षणका क्रममा ती व्यक्तिमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्