लकडाउन एक साता बढाउनुपर्ने निष्कर्ष



काठमाडौं, चैत-२२ ।अहिले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहेको छ।यता दोस्रो साता समयावधि सकिन नपाउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्षका साथ सुझाव सरकारलाई दिने भएको छ ।

शुक्रबार सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित बसेको बैठकले लकडाउन अवधि अझै एक साता बढाउन सरकारलाई सुझाव दिने तयारी गरेको हो ।

भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीले बताएका छन्।

आजको नागरिक दैनिकले यससँग सम्बन्धित समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्