आफ्ना नागरिकको अवस्था बुझ्न भारतीय सांसद भैरहवामा



बुटवल,चैत-२६। आफ्ना नागरिकको अवस्था बुझ्न एक भारतीय सांसद भैरहवा आएका छन् ।नेपाल स्थित भैरहवा क्वारेन्टाइनमा रहेका भारतीयको अवस्था बुझ्न भारत महाराजगंजको नौतनवा विधानसभा सदस्य अमनमणि त्रिपाठी त्यहाँ आईपुगेका हुन् ।

त्रिपाठीले भारतीय नागरिकहरुलाई सम्बोधन गर्दै नेपालले आफ्ना नागरिकलाई स–सम्मान र व्यवस्थित क्वारेन्टाइनमा राखेको भन्दै खुसी व्यक्त गरे ।भारत नौतनवाको क्वारेन्टाइनमा रहेका तीन सय बढी नेपालीलाई पनि आफूहरुले त्यसै गरी राखेको उनको भनाइ थियो ।

भैरहवाको प्रतिमान–नीमा कलेजमा गत १८ चैतेदेखि १ सय ५४ जना भारतीय नागरिक क्वारेन्टाइनमा बसेका छन् ।प्रदेश–५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले भारतीयलाई राखिएको क्वारेन्टाइनको रेखदेख गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्