नेपालमा थप तीनजनामा कोरोना संक्रमणको पुष्टि,तीनैजना भारतीय



वीरगञ्ज, चैत-३०।नेपालमा थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पर्साको वीरगञ्जमा बस्ने तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण क्रममा उनीहरुमा संक्रमण पोजेटिभ देखिएको हो ।

यस अघि उनीहरुको वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको थियो।हेटौंडामा पोजिटिभ देखिएपछि टेकुमा पुन परिक्षण गर्दा उनीहरु संक्रमित भएको पुष्टि भएको हो ।

संक्रमित तीनै जना मुस्लिम समुदायका रहेका छन्।तीनजना मध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका स्रोतले जानकारी दिएको छ ।

ती ब्यक्तिहरु सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएको स्रोतले जनाएको छ। कोरोना पुष्टिपछि संक्रमितहरुलाई वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा राखिएको छ।

उनीहरुको बारेमा थप जानकारी पत्रकार सम्मेलन मार्फत दिने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्