लकडाउन लम्ब्याउने तयारी,मन्त्रिपरिषदको बैठक आज बस्दै



काठमाडौं,बैशाख-२। मन्त्रिपरिषदको बैठक आज बस्दैछ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा लकडाउन कहिलेसम्म अगाडि लाने बिषयमा छलफल हुने उच्चस्तरीय श्रोतले जनाएको छ।

पछिल्लो समय देशमा कोरोना भाइरस(कोभिड-१९)को संक्रमण बढ्दै गएसगै सतर्कता अपनाउन लकडाउनको समयावधि लम्व्याउने तयारी सरकारको रहेको छ।यस अघि सरकारले गरेको पछिल्लो लकडाउको समयावधि भोलि अर्थात बुधबार सकिदैछ।

श्रोतका अनुसार देशमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएसगै परीक्षणको क्षेत्र फराकिलो बनाउन एकसाता लकडाउन लम्ब्याउने तयारी सरकारको रहेको श्रोतको भनाइ छ।

नेपालमा  कोरोना भाइरसको संक्रमण देखिएसगै सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।
photo:file

प्रतिक्रिया दिनुहोस्