र्‍यापिड टेस्टमा चितवनमा एकजनामा कोरोना पोजिटिभ



काठमाडौं,बैशाख-३।चितवनमा र्‍यापिड टेस्टका क्रममा एकजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । रत्ननगर नगरपालिकाका अनुसार चितवनस्थित रत्ननगरमा गरिएको आरडिटी परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

र्‍यापिड टेस्टका क्रममा कोरोना पोजेटिभ देखिएका ४७ वर्षीय पुरुष हुन।उनी दक्षिण कोरियाबाट ३२ दिनअघि नेपाल आएका थिए।अहिले ती ब्यक्तिको गुञ्जमानसिंह अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पताल श्रोतले जानकारी दिएको छ।

ती व्यक्तिको स्वाब संकलन गरेर थप परीक्षणका लागि भरतपुर पठाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्