नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो



काठमाडौ,बैशाख-२१ । नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। नेपालगञ्जमा थप ६ जनामा कोरोनाको संक्रमण देखिएसंगै संक्रमित संख्या ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयको अनुसार आइतवार मात्रै नेपालगञ्जमा १५ जनामा कोरोना पुष्टी भएको हो ।

यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको १६ पुगेको छ । यसअघि नेपालगञ्जमा एक जनामा कोरोना पुष्टी भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । यसैगरि नेपालमा १६ कोरोना संक्रमित उपचार पछि निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्