कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो

एजेन्सी, बैशाख-२७ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ४० लाख नाघेको छ ।पछिल्लो तथ्यांकअनुसार शनिबार बिहान सम्म विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४० लाख १२ हजार ७ सय ६९ पुगेको हो ।
छिमेकी देश चीनको बुहानबाट फैलिएको कोरोना हालसम्म २ सय १२ मुलुकमा फैलिसकेको छ । कोरोनाबाट मुक्ति पाई घर फर्किनेको संख्या भने १३ लाख ८५ हजार १ सय २४ पुगेको छ ।
शनिबार बिहान सम्म विश्वर २ लाख ७६ हजार २ सय १५ जनाको भाइरसका कारण ज्यान गैसकेको छ।