कोरोना भाइरसका संक्रमितमध्ये चार जना  पत्रकार



काठमाडौं, वैशाख-३० । वीरगञ्जमा कोरोना भाइरसका संक्रमितमध्ये चार जना  पत्रकार समेत रहेका छन् । चारजना पत्रकार  संक्रमित रहेको पुष्टि भइसकेको छ । यससंगै चार पत्रकारहरुको सम्पर्कमा रहेका अन्य पत्रकारको पनि  धमाधम परिक्षण  शुरु गरिएको छ ।

श्रोतका अनुसार नेपाल पत्रकार महासंघ पर्सा शाखाका जिम्मेवार पदाधिकारी कोरोना भाइरसको संक्रमित भएको बुझिएको छ । उनीहरु संक्रमित भएपछि सम्पर्कमा आएका व्यक्तिहरु समेत तनावमा परेका छन् ।

शाखाका ती अधिकारीले पर्साका सीडिओ देखि प्रहरी अधिकारीहरुलाई पनि लगातार भेटेको बुझिएको छ । पत्रकार महासंघका तर्फबाट सिडिओलाई ज्ञापनपत्र दिन पुगेका थिए । गोपनियताको आधारमा उनीहरुको नाम सार्वजनिक भने गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्