आजदेखि जारी हुने यस्तो छ सवारी पास



काठमाडौ,जेठ-३ । सरकारले जिल्ला प्रशासन कार्यालयबाट यसअघि जारी गरेको सवारी पास खारेज भएसंगै  आजदेखि नयाँ सवारी पास जारी गरेको छ । आजदेखि लागु हुनेगरी  जिल्ला प्रशासन कार्यालय काठमाडौंले  हरियो रंगको नयाँ पासको व्यवस्था गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाए अनुसार पास बमोजिम सवारी प्रयोग गर्दा चालकले अनुमतिपत्र र ब्लुबुक साथमा अनिवार्य बोक्नुपर्नेछ ।  प्रशासनले पास तथा कागजपत्रको दुरुपयोग गर्नेलाई कडा कानुनी कारबाही गर्ने समेत जनाएको छ ।

गृह मन्त्रालयको निर्देशनपछि यसअघि जिल्ला प्रशासन कार्यालयद्वारा जारी भएका सवारी पास भने  खारेज भैसकेको छ। यस सन्दर्भमा विभिन्न जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेर पास खारेज भएको सुचना दिईसकेको छ।

प्रतिक्रिया दिनुहोस्