संक्रमित ५३ जना थपिए,नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो



नेपालगञ्ज, जेठ-५ ।नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ भेटिएको हो ।

नयाँ संक्रमितहरु ४७ जना बाँकेका, गुल्मीका १ र अन्य जिल्लाका ४ जना रहेका छन। तीमध्ये १ सय ९२ जनाको नेपालगञ्जस्थित भेरी प्रयोगशालामा भएको परीक्षणमा ४७ मा पोजिटिभ देखिएको छ । नरैनापुरको क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय युवाको आइतबार बिहान मृत्यु भएको थियो ।

संक्रमितमध्ये धेरै जसो भारतबाट आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्