कोरोना संक्रमित बढ्ने खतरा,सरकार पिसीआर परीक्षण नगर्ने तयारीमा



काठमाडौ ,जेठ २४ । सरकारले क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको पीसीआर परीक्षण नगर्ने भएसंगै कोरोनाको संक्रमण र खतरा झन बढ्ने संकेत देखिएको छ । तर, विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण पद्धतिलाई थप बढाउनुपर्ने सुझाव दिँदै आएका छन् । सरकारले भने विज्ञहरूको सुझावलाई बेवास्ता गरेको हो ।

यता कोरोना भाइरस पहिचानका लागि आरटीपीसीआर विधि नै उपयुक्त भएको विश्व स्वास्थ्य संगठनले बताउदै आएको छ । उस्ले कोरोना भाइरस पहिचानका लागि आरडीटी कीट प्रयोग नगर्न समेत  पटक पटक भन्दै आएको छ । तर पनि क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने योजनामा सरकार पुगेको हो । जस्ले गर्दा  संक्रमणको दर वृद्धिको  खतरा अत्यधिक बढ्दै गएको छ ।

सम्भावित संक्रमणको स्रोत नै मानिएका क्वारेन्टिनमा बस्दै आएका नागरिकहरू लक्षणविहीन देखिए तत्कालका लागि आरडीटी कीट प्रयोग गर्ने गरी स्वास्थ्य मन्त्रालयले निर्देशिका तयार पारेपछि थप जोखिम बढेर गएको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित  छ ।

प्रतिक्रिया दिनुहोस्