कुण्डलादेवी मन्दिर पुनर्निर्माण अन्तिम चरणमा



नुवाकोट,असार ६ । नुवाकोटको
पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिकाको सिमाना रहेको कुण्डलादेवी मन्दिरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।गत जेठको पहिलो हप्तादेखि सुरु भएको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण समितिका अध्यक्ष रघुबीर तामाङले बताए ।

महाभुकम्प पश्चात् मन्दिर परिसर भासिएर गएको थियो। मन्दिर सतहसम्म मिलाउन पिल्लर तथा ढलान कार्य अगाडि बढाइएको अध्यक्ष तामाङले बताए।अध्यक्ष तामाङका अनुसार पञ्चकन्या गाउँपालिकाबाट प्राप्त  २ लाख रकम र शिवपुरी गाउँपालिकाको १ लाख रकमले ढलान कार्य सम्पन्न भएको छ। शनिबार भएको मन्दिर ढलान कार्यमा भद्रुटार तथा महाकालीका स्थानीयले समेत श्रमदान गरेका थिए।

स्थानीय ठेकेदार पासाङ तामाङ र श्रीमान तामाङ मन्दिर निर्माणमा श्रमदान गर्दै

मन्दिर ढलान कार्यसंगै यस मन्दिरको थप शोभा बढेको स्थानीय अगुवा युवा प्रकाश लामाले बताए। उनका अनुसार जिर्ण अवस्थामा रहेको मन्दिरमा पिल्लर तथा ढलान कार्य सकिए पनि भक्तजनको सुरक्षार्थ रेलिङ तथा ट्रस तत्काल बनाउनुपर्ने उनको भनाइ छ। शिवपुरी र पञ्चकन्या गाउँपालिकाले यसका लागि तत्काल थप अपुग बजेट छुट्टाउनु पर्ने स्थानीयले माग गरेका छन।

गाउँकी देवीको रुपमा समेत परिचित कुण्डलादेवी मन्दिरमा हरेक वर्ष मंसिर पुर्णिामाको पञ्चमी तिथिका दिन भव्य मेला लाग्ने गर्दछ।बनपाले जात्राले समेत परिचित यस मेलामा श्रद्दालु भक्तजनहरु नुवाकोटको शिवपुरी,पञ्चकन्या र काठमाडौदेखि समेत आउने गर्दछ्न।

मन्दिर पुनर्निर्माण कार्यमा स्थानीयले समेत सहयोग पुराएको भिडियो हेर्नुस्

तस्वीर तथा भिडियो श्रोत:प्रकाश लामा

प्रतिक्रिया दिनुहोस्