पीसीआर परीक्षणमा नयाँ मापदण्ड, अब झाडापखाला लागेकाको पनि कोरोना परीक्षण हुने



काठमाडौँ साउन १८
नेपालमा कोरोना भाइरसको जोखिम थप बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको दायरालाई पनि फराकिलो पारेको छ ।
कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको मापदण्ड फराकिलो बनाएको छ ।

मन्त्रालयले नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड १९ लाई परिवर्तन गर्दै परीक्षणको दायरा बढाएको हो । नयाँ मापदण्डअनुसार अब गन्ध थाहा नपाउने र झाडा पखालाका बिरामीको पनि पीसीआर विधिमार्फत स्वास्थ्य परीक्षण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्