राष्ट्रपति भण्डारी आज नुवाकोट आउँदै



नुवाकोट,साउन ६ । राष्ट्रपति विद्यादेवी भण्डारी आज नुवाकोट आउने भएकी छिन ।

अहिले बिहान ९ः३० बजे राष्ट्रपति भण्डारी नुवाकोट जाने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयल स्रोतले जनाएको छ । राष्ट्रपतिले नुवाकोटमा बनेको पृथ्वी संग्राहलय र उत्तरगया धाम (बेत्रावती)को अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाको संरक्षणमा बनिरहेको पृथ्वी संग्राहलयमा पृथ्वीनारायण साहको नुवाकोटसँग सम्बन्धित सामग्रीहरू राखिने छ ।

प्रतिक्रिया दिनुहोस्