६१ वटा कुखुरा मार्ने चितुवा किसानले मारेपछि..



गुल्मी,भदौ २६ । गुल्मीमा चितुवा र मान्छेबीच भिडन्त भएको छ । भिडन्तका क्रममा मान्छेको हातबाट चितुवा मारिएको छ । चितुवालाई मार्न सकेकाले एक जनाको ज्यान बचेको छ । चितुवा आक्रमणमा एक युवा घाइते भएका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर आइतबार बिहान कुखुराको फर्ममा जाँदा एक्कासि चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच भिडन्त भएको थियोे । झण्डै १० मिनेट लडाइँ भएको घाइते यमबहादुरका भाइ लेखराज कुँवरले बताए ।

यता, डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले चितुवाको घटनास्थलमा मुचुल्का लिने काम भइरहेको छ । मृत चितुवाको व्यवस्थापन गर्ने कार्य अगाडि बढाउने तयारीमा समेत बुझिएको छ ।

घाइते कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको गुल्मी अस्पतालले जनाएको छ । चितुवाले कुखुरा फर्ममा रहेका ६१ वटा कुखुरा मारेका छन् । 

प्रतिक्रिया दिनुहोस्