नुवाकोटमा आइचरको ठक्करबाट एकजनाको मृत्यु



नुवाकोट,भदौ २८ । जिल्लाको बेलकोगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटमा आईचरले ठक्कर दिँदा एक जना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलकोगढी नगरपालिका वडा नम्बर ७ महादेवाफाँटका विरेन्द्र कुवर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटबाट गल्छीतर्फ जादै गरेको बा ३ ख १६४ नम्बरको आइचरले बाटो हिँडिरहेका विरेन्द्र कुवर र राजेन्द्र राईलाई ठक्कर दिएको स्थानियले बताएका छन् । दुर्घटना पश्चात् आइचरलाई स्थानीयले आगजनी गरेका छन् । चालकलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । अर्का पैदल यात्रुकोको उपचार भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्