कृषि र शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धता : डा. महत



नुवाकोट,फागुन ८। नुवाकोट निर्वाचन क्षेत्र नं. १ का नेपाली कांग्रेस का उम्मेदवार डा. प्रकाश शरण महत बिहीबार लिखु गाउँपालिका–४ चौघडा मा आयोजित किसान संघ र शिक्षक संघको कार्यक्रममा सहभागी हुनुभएको छ।

उक्त कार्यक्रममा बोल्दै उहाँले कृषक र शिक्षक वर्गको भूमिका देश तथा स्थानीय विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। कृषि उत्पादन वृद्धि, शिक्षाको गुणस्तर सुधार तथा स्थानीय पूर्वाधार विकासलाई आफूले विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय अगुवा, किसान तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कृषि र शिक्षासम्बन्धी विविध विषयमा आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्