यस्तो छ विदुरका विभिन्न बस्तीमा हिरानाथ खतिवडाको भोलिको चुनावी भेटघाट तालिका
नुवाकोट,फागुन ८ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार हिरानाथ खतिवडा को भोलि बिहान ७:३० बजेदेखि विदुरका विभिन्न बस्तीमा चुनावी भेटघाट कार्यक्रम आयोजना गरिने भएको छ।
नेपाली कम्युनिष्ट पार्टी (तारा चिन्ह) का तर्फबाट उम्मेदवार खतिवडाले विदुर–४ बट्टार दम्की मा जम्मा भई बट्टार, इनारपाटी, पिपलटार लगायत वडा नं. ४, ५ र ६ का विभिन्न स्थानमा मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको जनाइएको छ।
कार्यक्रममा स्थानीय मतदातासँग समसामयिक राजनीतिक विषय, विकास निर्माण र जनचासोका मुद्दाबारे अन्तरक्रिया गरिने आयोजकले जनाएको छ।
उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका आम मतदातालाई उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरिएको छ।
कार्यक्रमको आयोजना नेपाली कम्युनिष्ट पार्टी, विदुर नगर समिति तथा विदुर नगर निर्वाचन परिचालन समिति ले गरेका हुन्।

