नुवाकोटमा बेपत्ता विद्यार्थी मृत भेटिए



नुवाकोट,फागुन २८ – नुवाकोटको तारकेश्वर गाउँपालिका–१ कात्तिकेका आशिष घिमिरे मृत अवस्थामा फेला परेका छन्। गत साता साथीहरूसँग पौडी खेल्ने क्रममा त्रिशूली नदीमा बेपत्ता भएका उनको शव विदुर–३ सिँखालीको नयाँ पुल नजिक भेटिएको प्रहरीले जनाएको छ।

विदुर–५ देवीघाटस्थित सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयको गुरुकुलमा बसेर कक्षा ८ मा अध्ययनरत घिमिरे फागुन २१ गते निर्वाचनको दिन साथीहरूसँग नदीमा पौडी खेल्न गएका थिए। त्यस क्रममा उनी बेपत्ता भएका थिए।

घटनापछि लामो समयदेखि खोजी गरिए पनि उनी भेटिएका थिएनन्। मृतकका परिवारले विद्यालयमा विद्यार्थीको रेखदेख गर्ने व्यवस्था नभएको भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

शव परीक्षणका लागि त्रिशूली अस्पताल लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्