मन्त्री गुरुङको पहलमा हेलिकप्टरबाट सुत्केरीको उद्धार



काठमाडौ। महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको विशेष पहलमा दोलखा जिल्लाको विगु गाउँपालिका वडा नम्बर ८ खोपाचागुकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।

आज बिहीबार बिहान सुत्केरी भएसगै श्वासप्रश्वासमा समस्या देखिएकी खोपाचागु निवासी सुष्मा श्रेष्ठ खड्कालाई जटिल अवस्थामा हेलिकप्टरबाट उद्धार गरि काठमाडौं ल्याइएको हो ।

मन्त्री गुरुङको पहल र निर्देशनमा दोलखाको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएकी उनलाई स्वास्थ्य अवस्थामा समस्या देखिएलगत्तै हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

बुधबार बिहानदेखि सुत्केरी ब्यथा लागेको सुष्मालाइ हाल थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको सघन कक्षमा राखेर उपचार भईरहेको छ । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्