राष्ट्रिय सभाको निर्वाचन,माघ ९ मा मतदान



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनको तालिका हिजो सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार १८ पदका लागि पुस २० गते उम्मेदवारी दर्ता र माघ ९ गते मतदान हुने छ ।
कुल १९ सदस्यका लागि हुन लागेको यस निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट १८ जना निर्वाचित हुनेछन् ।
बाँकी एक सदस्य नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था रहेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्