नेपाल आईडलको तेस्रो संस्करण आजदेखी सुरु



काठमाडौ। गायन रियालीटी शो को रूपमा लिईने नेपाल आइडलको तेश्रो संस्करण आजदेखि सुरु हुने भएकोछ।
यस अघि पहिलो र दोश्रो संस्करणको सफलता समेत उक्त रियालिटी सो ले प्राप्त गरिसकेको छ।कार्यक्रम प्रत्येक बिहीबार र शुक्रबार राति साढे आठबजे एपीवान टेलिभिजनमा प्रसारण हुनेछ।
देशका मुख्य सहर बुटवल, नेपालगञ्ज, पोखरा, वीरगञ्ज, विर्तामोड र काठमाडौंमा सम्पन्न अडिसनमा सहभागी ४ हजार भन्दा बढी प्रतिस्पर्धीबाट छनोट भैसकेको बताईएकोछ।उक्त छनौटबाट करिब एक सय जनाले अबका श्रृखलामा प्रतिस्पर्धा गर्ने निर्देशक लोकेश बज्रचार्यले जानकारी दिनुभयो।
अघिल्ला संस्करणमा सहभागी प्रतिभाले नेपाली सांगीतिक बजारमा आफ्नो पहिचान स्थापित गरिसकेका कारण पनि सांगीतिक क्षेत्रमा भविष्य खोज्ने सामु नेपाल आइडल लोकप्रिय बन्न पुगेको हो। सांगीतिक क्षेत्रमा राम्रो ज्ञान भएका प्रतियोगीको उल्लेख्य सहभागिताले यो संस्करण अझै बढी रोचक र प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ भने नेपाल आइडलको तेश्रो संस्करणमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहनेछन्। प्रस्तोतामा असिफ शाह र माम्पी घोष रहने आइडल टिमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्