नेपाली काङ्ग्रेस संसदीय बैठक भोलि बस्दै



काठमाडौं ।नेपाली काङ्ग्रेस संसदीय बैठक भोलि अर्थात शुक्रबार बस्दैछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार आव्हान गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार सभामुख चयनमा देखिएको विवाद पश्चात् रोकिएको संसदबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ।

उनका अनुसार संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसदमा राख्न नसकेकाले संसद यथाशीघ चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो।

नेता खाडले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको समेत बताए । बैठक दिउँसो साढे एक बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्