सभामुख चयनका लागि छलफल जारी



काठमाडौ । नेकपाले चौतर्फी आलोचना ब्यहोर्नु परेको सभामुख चयनका लागि प्रधानमन्त्री निवास बालुवाटार मा छलफल चलिरहेको छ।

प्रतिनिधिसभाको सभामुखको उम्मेदवार टुंगो लगाउन आज बिहानैदेखि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटारमा छलफलको क्रममा छन् ।

पछिल्लो क्रममा नेकपाको तर्फबाट कसलाई सभामुखको उम्मेदवार बनाउने भन्नेमा ओली–प्रचण्डबीच लगातार छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन।

नेकपाले उम्मेदवार टुंगो नलगाउन नसक्दा प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुन समेत सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्