सभामुखमा नेता सापकोटा सर्वसम्मत नियुक्त



काठमाडौ। प्रतिनिधिसभाका रिक्त सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएका छन ।
आजको बैठकमा सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले एकमात्र उम्मेदवार लामो समय रिक्त सभामुख पदका लागि प्राप्त सूचना अनुरुप प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो । बैठकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै  पारदर्शिता र जवादेहिताका आधारमा सदनमा रहेर सबैको मन र मत जित्दै सिङ्गो संसद्लाई विश्वासमा लिएर अगाडि बढ्ने  विश्वासका साथ सापकोटालाई प्रस्ताव गरिएको बताउनुभयो ।बैठकमा उहाँको विकल्पमा अरू कुनै उम्मेदवारी नपर्नुले आफूहरुको चयन उपयुक्त रहेछ भन्ने देखिएको उहाँले बताउनुभयो ।सो प्रस्तावमाथि सोही पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ र ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्