अदालतको सफाइ लगत्तै छुटे महरा



काठमाडौ,फागुन-५। अदालतको सफाइ लगत्तै निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागारबाट छुटेका छन् ।बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट आज  सफाइ पाए लगत्तै महरा डिल्लीबजार कारागारबाट छुटेका हुन्।

स्वागत गर्न आतुर पार्टीका कार्यकर्ता तथा शुभेच्छुक

महरालाई कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् । उनलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताकार्यकर्ता को बाक्लो उपस्थिति देखिएको  थियो।

बिदाई सगै उनी निजि गाडी चढी निवास तर्फ लागेका छन्।

,

प्रतिक्रिया दिनुहोस्