नुवाकोटको पञ्‍चकन्यामा यात्रुबाहक बस दुर्घटना(घाइते नामावली सहित)



काठमाडौ,फागुन-८ ।नुवाकोटको पन्चकन्या गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ।पासाङ ल्हामु यातायातको बा २ ख ६७४० नम्बरको यात्रुवाहक बस आज विहान दुर्घटना भएको पन्चकन्या इलाका प्रहरी कार्यलय पन्चकन्याले जानकारी दिएको छ।

पन्चकन्याको कुलकुले मा भएको दुर्घटनामा परी एक दर्जन बढी यात्रु घाइते भएका छन्।

घाइते मध्ये केहि गम्भीर भएकोले उपचारका लागि काठमाडौ ल्याउने तयारी भएको स्थानीय छिरिङ दोर्जे तामाङले जानकारी दिएका छन्।

घाइतेको नामावली:-
रामेश्वर खतिवडा-वर्ष-२९,पन्चकन्या ४
सपना तामाङ-वर्ष-१७,पन्चकन्या-४
मंगले तामाङ ,वर्ष-५३,पन्चकन्या-४
मन्दिरा खतिवडा,वर्ष-७३,पन्चकन्या-४
अपिल लामा,वर्ष-१६,पन्चकन्या-४
  २२ यात्रु सवार उक्त बस सडकबाट २० मिटर तल पल्टेको  बताइएको छ।

प्रतिक्रिया दिनुहोस्