पुर्व सभामुख महरालाई दाङमा भव्य स्वागत



काठमाडौं, फागुन-१२ ।दाङ जिल्लामा पूर्व सभामुख कृष्णबहादुर महरालाई भव्य स्वागत गरिएको छ।
अदालतबाट सफाई पाएर रिहाईपछि पहिलो पटक दाङ पुगेका महरालाई त्यहाँका उनका मतदाता तथा शुभेच्छुकले भव्य स्वागत गरेका हुन् ।

महरालाई त्यहाँका स्थानीय प्रतिनिधि तथा राजनैतिक शुभेच्छुकले बधाई दिएका थिए।महराले दाङको भालुवाङमा मतदाता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै आफूले जीवनपरोन्त दाङबासी जनताको निम्ति  लागिपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्