बागमती प्रदेशका स्थानीय तहका पदाधिकारीले सेवा सुविधा पाउने



काठमाडौ,फागुन-१४।बागमती प्रदेशका स्थानीय तहका पदाधिकारीले सेवा सुविधा पाउने भएका छन्।स्थानीय पदाधिकारीलाई तलब दिन नमिल्ने अदालतले निर्णय लिएपनि वाग्मती प्रदेश सरकारले ऐन संशोधन गरेर भक्ताको रुपमा सेवा सुविधा प्रदान गर्न लागेको बागमती प्रदेश सरकारले जनाएको छ।

मंगलबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकमा जनप्रतिनिधिहरुले पाउने सेवासुविधा बिषयमा छलफल भएको थियो।छलफलमा प्रदेशकोे १३ जिल्लाका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन संशोधन गर्ने निर्णय गरेको छ । यस अघि  बागमती प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई तलबका रूपमा दिए पनि अब भने भत्ताका रुपमा मात्र सुविधा दिन सकिने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो ।

उहाँका अनुसार सर्वोच्च अदालतले छवटा प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउँदै आएको तलब लिन नपाउने फैसला गरेको थियो। प्रदेशसभामा यो ऐन संशोधन भएपछि स्थानीय तहका जनप्रतिनिधिले सुविधा प्राप्त गर्नेछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेस गरेको स्थानीय तहका पधाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्