सबैको सहमतिमा प्रदेश राजधानी हेटौंडा तोकिएको हो:मुख्य मन्त्री पौडेल



नुवाकोट,फागुन-१४।बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले सबैको सहमतिमा प्रदेश नम्बर तीनको नाम र स्थान तोकिएको खुलासा गर्नुभएको छ।मुख्य मन्त्री पौडेलले ११० जना  सांसद मध्ये प्रदेश राजधानी बिषयमा १/२ जनाको मात्रै विमति रहेको बताउनुभयो।प्रदेश राजधानीको बिषयमा रहेर कोहि कतै भ्रममा नपर्न समेत मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो।´अब देशको कुना कुनामा प्रदेश सरकारले काम गर्छ`उनले भने-´साना-साना समस्या लिएर केन्द्र सरकारमा जानुपर्ने छैन।`

बुधबार त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सब समारोहमा मन्तव्यको क्रममा मुख्य मन्त्री पौडेलले प्रदेश सरकारले शैक्षिक क्षेत्रमा गत वर्षको तुलनामा बजेटको आकार बढाउदै लगेकोले सामुदायिक विद्यालयमा शैक्षिक सुधारका संकेत समेत देखिएको बताउनुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी,पुर्व विद्यार्थी,अभिभावक तथा स्थानीय राजनीतिकर्मी को उपस्थिति रहेको थियोे।साथै स्थानीय कलाकारको साङ्गितिक प्रस्तुति समेत रहेकोे थियो।

प्रतिक्रिया दिनुहोस्