नेकपा कदापि फुट्दैन-पुर्व प्रधानमन्त्री खनाल(भिडियो)



नुवाकोट,फागुन-१७ ।नेकपाका वरिष्ठ नेता तथा  पूर्वप्रधानमन्त्री  झलनाथ खनालले नेकपा पार्टी कदापि नफुट्ने भनाइ प्रस्तुत गर्नुभएको छ।यदाकदा यस्तो हल्ला चलेको र यस्ता हल्लाको पछी  लागेर पार्टीप्रती शंका नगर्न समेत नेता खनालले सुझाएका छ्न।

कतिपय तत्वले नेकपा कहिले फुट्छ भनी पर्खिरहेको प्रसङ्ग निकाल्दै नेता खनालले यस्ता दिवा स्वप्न कसैले नदेख्न उनले आग्रह गरे।´नेकपा फुट्दैन`उनले भने-´अब नयाँ मोर्चाबन्दीका साथ नयाँ ढंगले अगाडि बढ्छ।` 

शनिबार नुवाकोटको पुरानो सदरमुकाम नुवाकोटमा आयोजित तेस्रो जीवित कुमारी पूजा कार्यक्रममा नेता खनालले पार्टी निश्चित कार्यदिशा, सिद्धान्त, नीतिको आधारमा बनेको बताए। ‘ती कार्यदिशा, नीति र सिद्धान्तको आधारमा बनेको पार्टी एकताबद्ध छ,’ खनालले भने, ‘यो एकताको प्रक्रिया अझै गहिरेर गहिरो भन्दै गइरहेको छ।’

 उनले एमसीसी प्रतिवेदन बिषयमा केहि दिनमा नै निर्णय हुने बताए। एमसीसी जस्ताको त्यस्तै पास गर्न नसिकने बताउँदै नेता खनालले त्यसलाई संसोधन गरेर पास गर्न सकिने बताए।

कुमारी पूजामा नेता खनाल र काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले कुमारी दिनिशा डंगोललाई टीका तथा खादा लगाई सम्मान प्रकट गरेका थिए।

भिडियो हेर्न क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्