टेलिकमको सिडिएमए सेवा बन्द हुदै



काठमाडौ।टेलिकमले सन् २००५ मा पहिलोपटक ‘सफ्ट लन्च’ गरेको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ ।ग्रामीण भेग तथा दुर्गम क्षेत्रमा सञ्चार सुविधा दिने हेतुले संचालनमा आएको उक्त सेवा विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ ।झण्डै १५ वर्ष पुरानो सिडिएमए सेवा बन्द गरेर आफ्ना ग्राहकलाई फोरजीमा रूपान्तरण गर्ने टेलिकमले जनाएको छ ।

बुधबार अर्थात् हिजो कम्पनीको१६औँ वार्षिकोत्सवमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको वायरलेस सेवामा एकरूपता ल्याउने उद्देश्यसहित यो सेवा बन्द गर्ने तयारी भएको जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षभित्र सेवा बन्द गरेर त्यसका ग्राहकलाई पछिल्लो पुस्ताको फोरजी ग्राहकका रूपमा रूपान्तरण गरिने छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्