सांसद हितबहादुर तामाङको पहलमा छ्हरे-टोखा सडकखण्ड लाई १० करोड विनियोजन



काठमाडौ,फाल्गुन-१।विगत लामो समयदेखि स्तरोन्नतिको अभावमा समस्याग्रस्त छहरे-टोखा सडकखण्ड निर्माण हुने भएको छ।संघीय सांसद हितबहादुर तामाङको पहलमा हालै १० करोड रकम संघीय सरकारले विनियोजन गरेसगै निर्माण कार्यले गति लिनेमा आशा गर्न सकिने नेकपा शिवपुरी गाउँपालिकाका अध्यक्ष बीरबहादुर तामाङले बताउनुभयो।

२०४२ सालमा रातो किताबमा पास भैसकेको उक्त छहरे-टोखा सडक खण्डमा विगतमा सामान्य पोटास गरिएको थियो।अहिले पोटास उप्किएपछी बाटो ठाउँ ठाउँमा अत्यन्तै जिर्ण बन्न पुगेको छ।

वर्षामा जिर्ण सडक खण्डमा कष्टकर यात्रा गर्दै यात्रु

यस अघि चालू आर्थिक बजेटमा संघीय सरकारले छुट्याइएको १ करोड  र प्रदेश सरकारद्वारा विनियोजित २ करोड समेत यस सडकखण्डमा प्रयोग भैसकेको छ।धेरै जसो घुम्ती तथा भिरालो बाटोका कारण स्तरोन्नतिमा समेत विनियोजित बजेट प्रयाप्त नहुने यस सडक खण्डका ठेकेदार कृष्णबहादुर गुरुङ बताउछन्।

सामन्य वर्षा सगै हुने सडकको हालत:

विनियोजित ३ करोड रकमले स्तरोन्नति असम्भव प्रायः छ।हालै संघीय सांसद हितबहादुर तामाङको पहलमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट  गुर्जे भञ्ज्याङ् छहरे खण्डका लागि १० करोड रकम विनियोजन सगै निर्माणका लागि यसै हप्ता टेण्डर समेत हुने बताए सगै यस क्षेत्रका स्थानीय खुशी भएका छन।

सांसद तामाङसग यस सडकखण्ड र नुवाकोटको बिकास निर्माण बिषयक भएको अन्तर्वार्ता यहाँ हेर्न सकिन्छ

प्रतिक्रिया दिनुहोस्