प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सुरु,५ घण्टा लाग्ने



काठमाडौं,फागुन-२१ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु भएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले विहान १० बजे शल्यक्रिया कक्षमा लगिएको प्रधानमन्त्री सल्लाहकार श्रोतले जनाएको छ ।

श्रोतका अनुसार प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेका हुन ।मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गौला दान गर्नेछिन ।

प्रतिक्रिया दिनुहोस्