मास्कको मुल्य बढेको बढ्यै,१ मास्कको ४ सय ५०मा बिक्री



काठमाडौं,फागुन-२३। कोरोना भाईरसको सम्भावित संक्रमणबाट बच्न प्रयोग हुने मास्कको मुल्य दिनप्रतिदिन बढेको छ।मास्कको माग बढेसंगै यसको कालोबजारी सुरु भएको हो ।

मास्कको कालोबजारीका कारण पोखरा र नेपालगञ्जका बजारमा अस्वाभाविक मुल्यु तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन । माग बढेसंगै औषधी पसलेले अस्वभाविक मुल्य बढाएर बेच्न थालेका हुन।

ति औषधी पसलेहरुले १० रुपैयाँ पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई ४ सय ५० रुपैयाँमा विक्रि गरेको भेटिएको हो ।

कृतिम अभाव सिर्जना गरि महंगोमा मास्क बेचेर रातारात पैसा कमाउने ब्यापारीको समुह यस धन्दामा लागेको छ । कास्की प्रशासनले बिहीबार पोखरामा गरेको बजार अनुगमनका क्रममा अस्वभाविक मुल्य लिएर मास्क बिक्रि गरेको फेला परेको छ । अस्वभाविक मुल्यमा मास्क बेच्ने औषधी पसल सञ्चालकलाई कारवाही गर्ने प्रशासनले जनाएको छ ।

यो समाचार आजको नागरिक राष्ट्रिय दैनिकमा सन्तोष पोखरेल र अर्जुन ओलीले लेखेका छन।

प्रतिक्रिया दिनुहोस्