राम्रो अंक नल्याएको भन्दै विद्यार्थीको हात ब्लेडले चिर्न लगाएपछि…



काठमाडौ,फागुन-२४।काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै   ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन्। हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन्।
  बाह्र वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले आफ्ना ३४ विद्यार्थीलाई राम्रो नम्बर नल्याउनेको भन्दै ब्लेडले हात चिर्न लगाएको खुलासा भएको हो।गत साता कर्मचार्यले  ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन्। राम्रो नम्बर नल्याउन नसकेका विद्यार्थीलाई हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन्। धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए । निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताएका छन।
विद्यालय श्रोत अनुसार बहुतर्फी दवाव र आलोचना पश्चात् शिक्षिकालाई विद्यालयले निस्कासन गरेको छ।
यससग सम्बन्धित खबर आजको नयाँ पत्रीका दैनिकमा छ। 

प्रतिक्रिया दिनुहोस्