प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार



काठमाडौँ, फागुन-२५ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको आज पाँचौँ दिन भएको छ।प्रधानमन्त्री ओलीलाई आजदेखि  नियमित सन्तुलित खाना दिन थालिएको उनका निकट श्रोतले जानकारी दिएको छ।

श्रोतका अनुसार त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको समेत जनाएको छ ।

यता अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गीले पनि एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको उल्लेख गरेका छन् । उनको ल्याब तथा भाइटल परीक्षण समेत सामान्य रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिने उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्यावस्था पनि राम्रो भएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्