मुख्यमन्त्रीलाई ‘महामूर्ख’,प्रदेश सांसदलाई ‘पटमुर्ख’को उपाधि



काठमाडौ,फागुन-२६।जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ‘महामूर्ख’ को उपाधि प्रदान गरेको छ भने पटमुर्खको उपाधि राजपाका प्रदेश सांसद मनिष सुमनलाई प्रदान गरिएको छ।प्रत्येक वर्षको होलीको अवसरमा  प्रदान गर्दै आएको यो उपाधि यस पटक प्रदेशका मुख्यमन्त्री राउत लगायत अन्य सांसदलाई दिइएको हो ।

त्यस्तै हराशंखको उपाधि प्रदेश सांसद रामअशिष यादवलाई, सिलौटा उपाधि नेकपा प्रदेश सांसद रामचन्द्र मण्डललाई, भभकौवा उपाधि राजपाका प्रदेश सांसद प्रमेश्वर साहलाई दिइएको छ ।

मिनापले भाषा, संस्कृति, कला, समाजिक रुपान्तरण, राजनीति जस्ता विद्यामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष ‘महामूर्ख’ को उपाधि प्रदान गर्दै आएको छ ।

समाजमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई मिनापले २०६१ सालदेखि नै ‘महामूर्ख’ को उपाधि प्रदान गर्दै आएको हो । मिनापले महामूर्खका साथै बिभिन्न पदवीबाट समाजका अगुवाहरुलाई सम्मान गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्