पुर्व मन्त्री बास्कोटाको घरमा बम बिस्फोट



काठमाडौ ,फागुन २८ ।पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ मनोहरास्थित उनको घरमा बुधबार बिहान बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ ।

विस्फोटले बाँस्कोटाको बन्दै गरेको घर छेवैको पर्खाल भत्किएको छ।र, झ्यालका सिसाहरु फुटेका छन् । प्रहरीका अनुसार ठूलो आवाजसहित भएको बिस्फोटबाट छिमेकीको घरका झ्यालका सिसामा समेत क्षति पुगेको छ । त्यस्तै, विस्फोटस्थल नजिकै रहेको मारुती कारमा समेत क्षतिपुगेको बताइएको छ ।

मानविय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्