प्रधानमन्त्री ओलीलाई बालुवाटारमा पिताको स्वागत



काठमाडौं,फागुन-३० । प्रधानमन्त्री ओलीलाई बालुवाटारमा उनका पिताले स्वागत गरेका छन।दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपणसगै शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनका पिता मोहनप्रसाद ओलीले स्वागत गरेका हुन।

प्रधानमन्त्री ओली चिकित्सकसहित बालुवाटार प्रवेश गरेका छन।सोही क्रममा प्रधानमन्त्री ओलीलाई उनका पिताले टाउकोमा हात राखेर आर्शिवाद दिएका थिए ।

तस्वीर सौजन्य:प्रधानमन्त्री प्रेस सल्लाहकार सुर्य थापाबाट

यही फागुन २१ गते प्रधानमन्त्री ओलीको मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण गरिएको थियो । नेपालमै नेपाली चिकित्सकको टोलीले नै प्रत्यारोपण गरेको भन्दै प्रधानमन्त्री ओलीको पछिल्लो समय प्रशंसासमेत भएको छ ।

उनको यो निर्णयले नेपालको अस्पताल र चिकित्सकमाथि विश्वास बढेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्