कोरोना भाइरस भित्रिन नदिन नुवाकोटका जनप्रतिनिधि एकजुट,कस्ले के भने?(भिडियो )



काठमाडौ,चैत-१।कोरोना भाइरस भित्रिन नदिन नुवाकोटका जनप्रतिनिधि एकजुट भएको उनीहरुले एक कार्यक्रममा बताएका छन्।शनिबार काठमाडौको टोखामा आयोजित नेकपा नुवाकोट कार्यकर्ता बनभोज कार्यक्रममा सहभागी नुवाकोटका जनप्रतिनिधिहरुले बढ्दो कोरोना भाइरसको महामारीप्रती सजगताको लागि गाउँ गाउँमा स्थानीय स्तरका कार्यक्रम अगाडि बढाइएको बताए।

कार्यक्रममा नेकपा नुवाकोटका पुर्व सांसद राजेन्द्रप्रकाश लोहनीले कोरोना भाइरस विरुद्ध सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम पार्टीले तत्काल अगाडि बढाएको बताए।प्रदेश सांसद बद्री मैनालीले बिश्वमा महामारीका रुपमा  फैलिएको कोरोना विरुद्ध प्रदेश सरकार आफ्नो क्षेत्रमा  कटिबद्धताका साथ लागि परेको बताए।

त्यस्तै बिदुर नगरपालिकाका मेयर सन्जु पण्डितले सार्वजनिक स्थलमा पर्चा पम्प्लेट सहित जनचेतनाका कार्यक्रम समेत गरिसकेको र आगामी दिनमा प्रत्येक वडा क्षेत्रमा थप जनचेतनाका कार्यक्रम अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे।

यता सरकारले कोरोना भाइरसको सतर्कता अपनाइरहेकोे बेला नेकपा नुवाकोटले बनभोज तथा भेटघाट कार्यक्रम  गरेको भन्दै सामाजिक  संजालमा भने चर्को आलोचना भैरहेको छ।

कोरोना विरुद्ध नुवाकोटमा के कस्ता कार्यक्रम भैरहेको छ।कस्ले के भने:भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्