नुवाकोट जेसिज सामाजिक क्षेत्रमा सचेतना जगाउदै



नुवाकोट,चैत-४।नुवाकोट जेसिजद्वारा  सामाजिक क्षेत्रमा सचेतना जगाउन विभिन्न कार्यक्रमका साथ लागिपरेको छ।यसै क्रममा विश्वभर फैलदै गएको कोरोना भाइरस नियन्त्रणको लागी सचेतना स्वरुप जेसिसले प्रचार प्रसार तथा जनचेतनामूलक सामाग्री सहित नुवाकोटको बिभिन्न स्थानमा कार्यक्रम आयोजना गरेको छ ।

जेसिस नुवाकोटका पदाधिकारीहरु कोरोनाविरुद्ध प्रचारप्रसारमा

युवाहरुको अन्तराष्ट्रिय सँस्थाका रुपमा रहेको  जेसिस नुवाकोटको आयोजनामा जिल्लाको जनघनत्व बढीको भएको बजार क्षेत्रमा प्रचारप्रसार सामाग्रि वितरण तथा टाँस गरेर कोरोना रोगको लक्षण र बच्ने उपायको बारेमा जानकारी गराइएको थियो  । सामाजिक क्षेत्रमा क्रियाशिल रकेको जेसिजले  जिल्लाको देवीघाट, पिपलटार, गंगटे, बट्टारबजार, विदुर, ढु्ङ्गे, त्रिशूली, कोलनी लगायतको स्थानमा कोरोना रोग लाग्न नदिनको लागी अपनाउनुपर्ने सचेतना सम्बन्धीको जानकारीमूलक सन्देश टाँस गरिएको जेसिस अध्यक्ष श्रीकृष्ण आचार्यले जानकारी दिनुभएको छ ।

अध्यक्ष आचार्यका अनुसार कोरोना रोगको त्रास जनमानसमा निकै धेरै भएको तर, बच्ने उपाय, यसका लक्षण र लागिहालेमा आफू र अरुलाई कसरी सुरक्षित बनाउने भन्नेमा धेरैलाई जानकारी नभएको पाइएपछि प्रचार प्रसार मार्फत सचेत गराइएको छ
नुवाकोटमा अहिलेसम्म केही अस्पतालहरुले प्रचारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि प्रयाप्त नभएकाले कोरोना रोगबाट बचाउन तथा पूर्व तयारीमा जनचेतनाको बृद्धि गराउने उद्देश्यले ब्यानर तथा सन्देशमूलक पोष्टर टाँस गरिएको जेसिस नुवाकोटले जनाएको छ । उच्च ज्वरो आउने, श्वास प्रश्वासमा अत्याधिक समस्या, रुघा खोकी लागेमा कोरोना रोगको लक्षण हुनसक्ने भएकाले स्वास्थ्यमा जाँच गराउन सुझाब दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्