चिर्पट प्रहार गर्ने नुवाकोट शिवपुरीका रामलाल पक्राउ



नुवाकोट, चैत-४ ।चिर्पट प्रहार गर्ने नुवाकोट शिवपुरीका रामलाल तामाङलाई प्रहरीले  पक्राउ गरेको  छ।शिवपुरी गाउँपालिका पाटीभन्ज्याङ बस्ने सागर तामाङलाई चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने रामलाल भन्ने किर्ते तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।सोमबार साँझ प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाटीभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सागर तामाङलाई उपचारको लागि काठमाडौं पठाइएको छ ।

घटना के कारणले घट्यो यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्