सार्क कोषमा नेपालले दस करोड सहयोग गर्ने प्रतिबद्धता



काठमाडौं,चैत्र-७। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न नेपाल सरकारले दश करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अर्थात शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्ने क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

गत आइतबार साँझ राष्ट्र सार्कका प्रमुखहरुबीच भएको भिडियो कन्फरेन्सका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरद्ध लड्नका लागि कोष स्थापनार्थ १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोहीअनुसार नेपालले पनि दश करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

त्यस्तै सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ९ देखि नेपाल भित्रने यात्रुवाहक विमानलाई निषेध गरिने बताएका छन् ।र प्रधानमन्त्री ओलीले  चैत्र १० गतेदेखि लामो दुरीको यात्रुवाहक बस संचालनमा समेत रोक लगाउने जानकारी गराएका छन।

बिश्वब्यापी रुपमा फैलिएको महामारी प्रती कोहि कसैले भ्रम र अफवाहमा नछर्न समेत प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्