नुवाकोटको पञ्चकन्या गाउँपालिका भित्रिनेलाई हेल्थ डेस्कमार्फत ठाउँठाउँमा परिक्षण



नुवाकोट,चैत-८।नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाहिरबाट गाउँपालिका क्षेत्र भित्रिनेलाई हेल्थ डेस्कमार्फत ठाउँठाउँमा परिक्षण सुरु गरेको छ।कोरोना भाइरसले बिश्वमा महामारी रुप लिएसगै नेपाल सरकारले राष्ट्रिय तथा स्थानीयस्तरमा उच्च सतर्कता अपनाउने क्रममा गाउँपालिकाले यस्तो कदम चालेको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङले बताउनुभयो।

गाउँपालिकाका अध्यक्ष रमेश तामाङ स्वयं स्वास्थ्य परिक्षणमा

गाउँपालिकाको सिमा नाका क्षेत्रमा सुरक्षाकर्मी सहित स्वास्थ्यकर्मी खटाइएको छ।गाउँपालिकाको प्रवेश नाका क्षेत्र वडा नम्बर-१बानिटार,वडा नम्बर-२को सहरेटार,वडा नम्बर-५ को भद्रुटार त्यस्तै वडा नम्बर-४ को सातबिसे क्षेत्रमा सुरक्षाकर्मी,स्थानीय जनप्रतिनिधि सहितको स्वास्थ्य परीक्षण टोली खटाइएको पञ्चकन्या गाउँपालिका वडा नम्बर-३ का वडा अध्यक्ष मणिनाथ लामिछानेले जानकारी दिए।

स्वास्थ्यकर्मी सहित स्थानीय जनप्रतिनिधिहरु

सुरक्षाकर्मी,स्थानीय जनप्रतिनिधि सहितको स्वास्थ्य परीक्षण टोलीले कोरोनाभाइरसबाट बच्न बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुने , भीडभाडमा नजाने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख कुहिनाले ढाक्ने,हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गर्ने,ज्वरो आएमा वा खोकी लागेमा सतर्कता अपनाउने जस्ता चेतनामूलक सन्देश प्रवाह समेत गरेको बताइएको छ।

स्वास्थ्यकर्मी स्वास्थ्य परिक्षण गर्दै
गाउँपालिकाका अध्यक्ष रमेश तामाङ जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिदै

प्रतिक्रिया दिनुहोस्