नाकाबाट हुलका हुल नेपाली प्रवेश



काठमाडौं,चैत-८। नाकाबाट हुलका हुल नेपाली प्रवेश गर्न थालेका छन्।भारतमा कोरोना भाइरस संक्रमण फैलिएसगै विभिन्न काम र ब्यवसायले त्यहाँ रहेका नेपाली हुलका हुल स्वदेश प्रवेश गर्न थालेका हुन्।

नेपाल प्रवेश गर्ने नेपाली कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट शनिबार मात्रै  १० हजारभन्दा बढी फर्किएका छन् ।त्यस्तै बाँकेको जमुनाहा नाकाबाट शनिबार २० हजारले आवतजावत गरेको नेपालगन्ज उपमहानगरपालिकाले जमुनाहामा सञ्चालन गरेको हेल्थ डेक्सका एक स्वास्थ्यकर्मीले बताए।

गड्डाचौकीमा श्रीसिंह शार्दूल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी प्रणयजंग मल्लको नेतृत्वमा सैनिक टोली खटिएको छ ।

‘बिहान एक्कासि घर फर्किनेको भीड लागेपछि स्वास्थ्य परीक्षण गर्नै गाह्रो भयो’, सहायक रथी शंकर पण्डितले भने, ‘तापनि हामीले त्यसको व्यवस्थापन गर्‍यौं ।’

यससग सम्बन्धित समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा शिवराज भट्ट, महादेव अवस्थी र शंकरप्रसाद खनालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्