यात्रु नओराली विमान फर्काउन खोज्दा यात्रुले गरे नारावाजी



काठमाडौं,चैत-९।यात्रु नओराली विमान फर्काउन खोज्दा यात्रुले विमान भित्रै नारावाजी गरेका छन।सिंगापुरबाट शनिबार राति आएको सिल्क एयरले युरोपका यात्रु पनि बोकेको भन्दै नागरिक उड्डयन प्राधिकरणले विमान फर्काउन खोज्दा यात्रुले प्रतिवाद स्वरुप नारावाजी गरेका हुन ।

यात्रु नओराली विमान फर्कन खोज्दा यात्रुले हो–हल्ला गर्दै नारावाजी गरेपछि  सबै यात्रुलाई झर्ने अनुमति दिइएको थियो ।

नेदरल्यान्डबाट आएका यात्रुलाई भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा पठाइएको छ भने अन्य ९७ लाई सेल्फ क्वारेन्टाइनमा बस्न भन्दै राति नै विमानस्थलबाट छाडिएको छ ।

आजको नयाँ पत्रिकामा यससग सम्बन्धित समाचार  प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्